यी व्यक्तिले खान हुँदैन हात्तीपाइलेविरुद्धको औषधि

काठमाडौँ ।

सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान यही फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित १५ जिल्लाहरूमा अभियान सञ्चालन गर्दै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका अनुसार हात्तीपाइले विरुद्धको औषधि सबैले सेवन गर्न हुँदैन । जसबारे मन्त्रालयले जानकारी गराएको छ ।

कसले खाने ? कसले नखाने

२ वर्ष उमेर पुरा गरेका सबैले यो औषधि खानुपर्छ । तर, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले हात्तीपाइलेको औषधि खानुहुँदैन ।
हात्तीपाइलेविरुद्धको औषधि नखाँदा के हुन्छ ?

लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले हुन सक्छ । यो रोग लागेमा खुट्टा सुनिने, पुरुषहरूमा अण्डकोष सुनिने र महिलाहरूको स्तन सुनिने हुन्छ । शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने पनि औषधि खाएपछि मर्छ । यस्तै हात्तीपाइलेका कारण शारीरिक अपाङ्गताबाट जोगाउने मन्त्रालयको भनाइ छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ । साथै यो औषधि निःशुल्क पाइन्छ ।