काठमाडौं ।
गुण एयरलाइन्सका सबै उडान यही फागुन १ गतेदेखि बन्द भए । आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान गर्ने गुणका जहाज यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका (ग्राउन्डेड) छन् ।
उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन १ गते, सोमबार गुणलाई सबै उडान रोक्न निर्देशन दिएको थियो। गुणले पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको जानकारी पाएपछि सबै उडान रोक्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।
’उडानमा संलग्न कर्मचारीलाई तलब नदिएपछि उडान सुरक्षामा जोखिम देखियो,’ प्रवक्ता निरौलाले भने, ’जोखिम मध्यनजर गर्दै हामीले गुणलाई समस्या समाधान गरेर मात्र उडान गर्न निर्देशनसहित पत्र पठाएका हौं। समस्या समाधानका लागि केही समय दिएका छौं। अर्को व्यवस्था नहुन्जेलका लागि उडान बन्द गर्न निर्देशन दिएका हौं ।’
हामीले यसबारे गुण एयरलाइन्सलाई सोध्यौं ।
गुणका प्रवक्ता प्रज्वल थापा भने कर्मचारीलाई तलब नदिएका कारण उडान बन्द गरिएको कुरा सत्य नभएको बताउँछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्