Kohalpur Today Header Ads

शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रतिवद्ध छौं–डिएसपी तिवारी




कोहलपुर, ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रतिवद्ध रहेको बताएका छन् ।

प्रहरी नायव उपरीक्षक तिवारीले कोहलपुर लगायत आफ्नो सिमाक्षेत्रभित्रका सबै नागरिकहरुलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउनु प्रहरी संगठनको कर्तव्य भएकोले आफूहरु उक्त जिम्मेवारीलाई पुरा गर्न प्रतिवद्ध रहेको बताए । उनले भने,–‘आफ्नो कार्यक्षेत्रमा शान्तिसुरक्षाको व्यवस्था मिलाउन हामी प्रतिवद्ध छौं । चोरी तस्करी, लागु औषध कारोबार, दुव्र्यसनी लगायतका गतिविधिहरु नियन्त्रण गर्न पनि हामीले नियमित चेकजाँच तथा गस्तीलाई निरन्तरता दिने विश्वास दिलाउछौं ।’

LIfe Ok

डिएसपी तिवारीका अनुसार यहाँको सबैभन्दा जटिल समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसन तथा ओसारपसारलाई निरुत्साहित पार्दै नियन्त्रण गर्ने, सडक सुरक्षा सचेतना तथा सवारी दुर्घटना न्युनिकरण, महिला तथा बालबालिका विरुद्धका अपराधमा सचेतना तथा न्युनिकरण, साइबर सचेतना, आत्महत्या न्युनिकरण लगायतका क्षेत्रमा ईलाका प्रहरी कार्यालयले योजना बनाएको छ ।

उनले प्रहरीले नागरिक मैत्री व्यवहार अपनाउनका लागि विभिन्न कार्यक्रमहरुको शुरुवात गरेको जानकारी दिँदै उनले अपराधविहिन वातावरणको सिर्जना गर्नका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार