कोहलपुरमा स्वतन्त्र संस्थाको तदर्थ समिति गठन




कोहलपुर ।

समाज रुपान्तरण तथा सामाजिक बिकासका लागि कोहलपुरमा सामाजिक सरोकार मन्च नामक स्वतन्त्र संस्थाको तदर्थ समितीको प्रथम बैठक आज सम्म्पन्न भएको छ। कोहलपुरका समाजसेवी राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती बनेको संस्थाका सदस्य बिष्णु प्रसाद बेल्बासेले बताए।

संस्थाले कोहलपुर क्षेत्रका तत्कालिन र दीर्घकालीन विकास निर्मान तथा सार्वजनिक सरोकारका बिषयहरु छुट्टाएर कार्य गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताएका छन। मञ्चले तत्काल यातायात कार्यालय एवं मालपोत र नापी कार्यालय कोहलपुरमा स्थापना गरि सन्चालनमा ल्याउन पहल गर्ने जनाइएको छ।

त्यसैगरी अगैयाघाट लाई कोहलपुर नजिक बनाउन योजनाबद्ध ढंगले अघि बढने श्रेष्ठले बताए। दीर्घकालीन कार्य अन्तर्गत कोहलपुर घुइयाबारी सडक, अन्तरास्ट्रीय क्रीकेट मैदान निर्माण , डुडुवाखोलामा पर्यटन प्रबर्द्धनका लागि करीडोर लगाएतका कार्य गर्ने भएको छ।

कोहलपुर टावनप्लानलाइ ग्रीनसिटि बनाउन पहल गर्ने, फोहरको उचित ब्यवस्थापन , सडक बत्ती लगायत बिषयमा बिशेष निगरानिका साथ कार्य गर्न पहल गर्ने जनाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ६ गते शनिबार