काठमाडौं ।
करिब तीन हप्तादेखि नेपालमा कोरोना संक्रमित अस्पताल भर्ना भएका छैनन् ।
दैनिक रूपमा भेटिने संक्रमित संख्या पनि एक अंकमा सीमित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर जम्मा १० जना सक्रिय संक्रमित छन् र सबै होम आइसोलेसनमा छन् ।
नेपालमा मात्र होइन, विश्वभर नै कोरोना संक्रमण घटेको छ । अमेरिकाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरिसकेको छ भने पछिल्लो समय नयाँ भेरियन्ट भेटिएको चीनमा समेत कोभिड–१९ नियन्त्रण उन्मुख छ ।
तर धेरैको मनमा एउटा प्रश्न छ, कोरोना महामारी कहिले र कसरी अन्त्य होला ? जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको ठोस जवाफ कोहीसँग छैन । तर कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले समुदायमा रहिरहने र बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. शरद वन्त बताउँछन् ।
काेहलपुर टुडे । ५ फाल्गुन २०७९, शुक्रबार ११:१२