शैक्षिक क्षेत्रमा फड्को मार्दै बागेश्वरी क्याम्पस

सुनिता कुमारी सिंह, कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुले शैक्षिक क्षेत्रमा निकै फड्को मारेको छ । २०४८ सालमा स्थापित यस क्याम्पसमा स्नातक तहमा वि एड, वि वि एस, वि ए र वि वि ए को पठनपाठन गर्दै आएको छ ।

स्नातकतहमा विद्यार्थीको नतिजा निकै राम्रो नतिजा ल्याउने गरेको छ । हाल स्नातकोत्तर तहको एम एड तहमा शत प्रतिशत नतिजा, व्यवस्थापन संकायमा ७० प्रतिशत, मानविकी संकायमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । स्नातकोत्तर तह शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्याङकन, अंग्रेजी, नेपाली र स्वास्थ विषयको पठ्नपाठ्न गर्दै आएको छ । स्नातकोत्तर तह मानविकी तर्फ ग्रामीण विकास विषयमा पठनपाठन गर्दै आएको क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी गराए ।

बागेश्वरी बहुमुखी क्याम्पस यस क्षेत्रको स्थापित उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । यो क्याम्पसले विद्यार्थीको नतिजा मात्र होइन विद्यार्थीसंगका अन्य अतिरिक्त क्रियाकलापमा पनि आफ्नो कार्यलाई अगाडि बढाउदै आएको छ । यो क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह एम एड चौथो सेमेस्टरको २०१९ को व्याचमा पाठ्यक्रम तथा मूल्याङकन मूल विषय लिएर अध्ययनरत विद्यार्थी ईशाक घलेले विश्वविद्यालय कुलपति पदक पाउन सफल भएकोले गोल्डमेडलिस्ट समेत भएकोले पनि बागेश्वरी बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा फड्को मारेको पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए ।

यति मात्र होइन बागेश्वरी बहुमुखी क्याम्पसको जनशक्ति स्थानीय पालिका लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा विज्ञ समुहका रूपमा नेतृत्व समेत गरेको शर्मा वताउछन ।