जगेडामा रहेका २५ जना उपसचिवको स्थानीय तहमा सरूवा

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनले जगेडामा रहेका २८ जना उपसचिवहरुको सरुवा गरेको छ ।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारीविहीन अवस्थामा राखिएका उपसचिवहरुलाई बुधबार मन्त्रालयले कामकाजमा खटाउने निर्णय गरेको थियो ।

मन्त्रालयले सरुवा भएका २८ जना मध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमा मधेश प्रदेशका २२ वटा स्थानीय तह छन् ।

बझाङ, सुर्खेत र डोल्पाका नगरपालिकामा एक/एक जना उपसचिव पठाएको छ । यस्तै २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ, अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कामकाजमा खटाउने काममा तीव्रता दिएका छन् ।