एक महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो

Modern city, town street flat vector with low-rise houses, commercial, public buildings in various architecture styles, sidewalk with city lights and road illustration. Metropolis outskirt background

काठमाडौँ ।

माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ ।

पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदैगर्दा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।

यद्यपि, माघको पहिलो हप्ता नै ८ अर्ब रुपैयाँले निक्षेप घटेर बैंकहरुको निक्षेप ४७ खर्ब ८ अर्ब रुपैयाँमा झरेकोमा पुन दोस्रो, तेस्रो र चौथो हप्तामा क्रमशः १२ अर्ब, ३ अर्ब र ४ अर्ब रुपैयाँले बढ्दै ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो ।

महिनाको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्ब रुपैयाँले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाा पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । तथापि, समीक्षा अवधिमा यता कर्जातर्फ भने बैंकहरुको खासै लगानी बढ्न सकेको छैन ।

महिनाभरीमा २५ अर्ब रुपैयाँमाथिको निक्षेप संकलन गर्दैगर्दा यता कर्जा भने बैंकहरुले झण्डै आधा परिणाममा मात्र लगानी गरेका छन् ।