जनकपुरधाम ।
मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।
बैठकमा नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले सम्बोधन गरिरहेका छन् ।
बैठकमा बोल्दै उनले जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न माग गरेका छन् ।
उनले भने,’जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे वारी चालक अनुमति पत्र लिन आउँछन् ।
यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’
उनले जनकपुर यातायात कार्यालयबाट परीक्षा पास गरेरभन्दा पनि २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्