वीरगञ्जमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

वीरगञ्ज ।

वीरगञ्जमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । वीरगञ्ज महानगरापालिका–२० अपौनीका नागेन्द्र ठाकुरको मृत्यु भएको हो ।

सोमबार राति करिब साढे ७ बजेतिर वीरगञ्ज–२० स्थित अपौनी चोकमा उनलाई ट्रकले ठक्कर दिएको थियो । बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित घर फर्कदै थिए ।

अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गर्दा ठाकुरलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । ठाकुर सडक किनारमा रहेको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भिर घाइते भएका थिए ।

प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले उनलाई उद्दार गरेर नारायणी अस्पताल पुर्‍याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको चेकजाँच पछि ठाकुरको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

ट्रकसहित चालक मकवानपुर थाहा नगरपालिका–४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।