बालाजुका डिएसपी विष्टको खोसियो जिम्मेवारी

काठमाडौं ।

प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारी खोसिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो ।