लघु वित्तीय संस्थाविरुद्ध काेहलपुरमा शक्ति प्रदर्शन




लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बाँकेको कोहलपुरमा प्रदर्शन गरेको छ। लघु वित्तीय संस्थाविरुद्ध कोहलपुरमा र्‍याली निकाल्नुका साथै सडकमा सुतेर विरोध प्रदर्शन गरिएको हो।

संघर्ष समितिले विभिन्न ५ बुँदे माग अघि सारेको छ। समितिले अघि सारेको मागमा ‘लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लघु वित्तीय संस्थाद्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने’लगायत छन्।गाउँगाउँबाट आएका मानिसले ‘बाँचौँ, बचाऔँ र अघि बढौँ,’ ‘लघुवित्तीय संस्थाको ज्यादतिविरुद्ध एकजुट हौँ’, भन्ने नारा अघि सारेका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २ गते मंगलबार