व्यवसायी दुर्गा प्रसाईंको महाअभियानमा पूर्वराजा सहभागी

काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । झापास्थित मेची पुलमा आयोजित सभाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवसायी प्रसाईको महाअभियानको उद्धघाटन गरेका हुन् ।

सभामा पूर्व राजपरिवारका अन्य सदस्य पनि पुगेका छन् । पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सभामा सहभागी भएका छन् ।

मेची–महाकाली गर्ने प्रसाईंको अभियानको उद्धेश्य प्रसाईंले संघीयता खारेजी छ । साथै व्यवसायीका लागि काम गर्ने अवस्था नभएको उल्लेख गर्दै व्यवसायीमैत्री वातावरणको प्रसाईंले माग गरेका छन् ।

प्रसाईले दलका अध्यक्ष सहित पूर्व राजालाई महाअभियानमा सहभागी हुन अपिल गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउने महाअभियान भएको उनले अपिल मार्फत जनाएका थिए ।

देशको संरचना पुन एकीकरण र विदेशमा रहेका नेपाली स्वदेश फर्केर उद्यम गर्ने वातावरण निर्माणका लागि महाअभियान गरिएको प्रसाईको तर्क छ ।

प्रसाईंले केही समय अघि पूर्व राजालाई भेटेका थिए । पूर्व राजालाई भेटेपछि उनी राजसंस्थाका पक्षमा पनि बोल्दै आएका छन् । प्रसाईंको महाअभियानलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता व्यक्त गरेका छन् ।