काठमाडौं ।
नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो । रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन् ।
आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन् । पुरुषतर्फको चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । यसै विधामा एपिएफका आशिष चौधरीले रजत र आर्मीका प्रकाश दनुवारले कास्य पदक जिते ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्