काेहलपुर ।
मंगलबार राती अज्ञात सुमुहद्धारा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको भे १ प ११११ नम्बरको स्काभेटरमा अज्ञात समूहले माघ १९ गते राति करिव पौने १० बजे आगजनी गरेको घटना प्रति नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले एक प्रेस विज्ञप्ती मार्फत घोर भत्सर्ना गरेको छ ।
नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतद्धारा हस्ताक्षयर गरेको विज्ञप्तीमा कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष हो । यस्ता अवाञ्छित क्रियाकलापको निन्दा गर्दै सो घटनाप्रती प्रशासनले सुक्ष्म तवरबाट अनुसन्धान गरी दोषि उपर कडा कारवाहीको माग गरेका छन् ।
यदि प्रसाशनले यस घटनालाई तोडमोड गर्न खोजेको खण्डमा नेपाल तरुण दल आन्दोलित हुनेसमेत विज्ञप्ती मार्फत चेतावनी दिएका छन् । स्काभेटरमा संचालक नेपाल तरुण दल कोहलपुर नगर उप सभापति समेत रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्