काेहलपुर ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । माओवादी नेतृत्वमा रहेको भुमि सुधार मन्त्रालयद्धारा गठित आयोगले भुमि अयोग गठन ऐन संसोधन गरेसंगै आयोगले जग्गा बितरण प्रक्रियाले गति लिएको हो ।
पुर्वर्ती सरकारले निर्माण गरेको राष्ट्रिय भूमि आयोग गठन आदेश पहिलो संशोधन २०७८ पारित भएसंगै आयोगको कामले गति लिएको आयोगका उपाध्यक्ष एंव प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए ।
प्रवक्ता खड्काका अनुसार पहिलो चरणमा ५ दर्जन पालिकाहरुसंग कार्य सहमति पत्रमा हस्ताक्षर गरिएको थियाे । सोही कार्य सहमति पत्र अनुसार केन्द्र र जिल्ला आयोगको निर्देशनमा काम अगाडी बढेकाे खड्काले जानकारी दिए ।

केही दिन भित्र जिल्ला आयोगलाई पुर्णता दिईने र द्रुत गतिमा काम अगाडी बढेकाे उनले जानकारी दिए । माओवादी केन्द्रकी नेतृ एंव भुमि सुधार मन्त्री शशि श्रेष्ठले स्थानिय निर्वाचन अघी नै भूमिहीन, सुकुम्बासी र अव्यवस्थीत बसोवासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने अन्तिम तयारी रहेकाे जानकारी दिईन । कार्य सहमति पत्रमा हस्ताक्षर भएका ६८ पालिकामा छुट भएका भुमिहीनहरुको नाम समाबेश गर्न ३५ दिने सुचना समेत आयोगले निकालेको थियाे ।
आयोग र कोहलपुर नगरपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर
राष्ट्रिय भूमि आयोग र कोहलपुर नगरपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेको बिशेष पहलमा भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने उदेश्यले कार्य सहमती पत्रमा हस्ताक्षर भएको हो ।
केहि दिन अघि माओवादी केन्द्रका युवा नेता न्यौपाने सहितको टोलिले भुमि सुधार मन्त्री शशि श्रेष्ठ र भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई भेट गरि कोहलपुरका भुमिहीन सुकुम्वासी र अव्यवस्थीत वासेवासीको काम अगाडी बढाउन आग्रह गरेको थियो ।
सोही आग्रह अनुसार अव्यवस्थित बसोबासीको ब्यवस्थापन गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भइसकेकाे र अब छिटै कोहलपुर नगरपालिका वडा नं १ बाट जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने काम सुरु गरिने माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
सहमति पत्रमा कोहलपुर नगरपालिकाको तर्फबाट प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशाकीय अधिकृत टिकाराम ढकाल हस्ताक्षर गरिएकाे थियाे भने राष्ट्रिय भूमि आयोगको तर्फबाट अध्यक्ष केशव निरौैला र सदस्य सचिव अमिर प्रसाद न्यौपाने हस्ताक्षर गरिएको थियाे ।
काेहलपुर नगरपालिका वडा नं. १ का १ सय ४१ घरघुरीलाइ लालपुर्जा वितरणकाे अन्तिम चरणमा पुगेकाे वडा अध्यक्ष बद्रिप्रसाद जैसीले जानकारी दिएका छन् भने उनकाे लालपुर्जा वितरण गर्ने पहिलाे निर्णय समेत रहेकाे बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्