Kohalpur Today Header Ads

बैजनाथमा बाल क्लब पूर्नगठन, अध्यक्षमा थापा




कृष्ण कुमार शाही, बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिकामा बाल क्लब पुर्नगठन भएको छ । आइतबार भएको बाल क्लबको पुर्नगठनबाट अध्यक्षमा गौरव थापा चयन भएको छ ।

जसमा उपाध्यक्षमा गौरी सुनार, सचिवमा प्रेरणा बटाला, सहसचिवमा मेलिना थापा मगर र कोषाअध्यक्षमा सुदिप शाही चयन भएका हुन् ।

LIfe Ok

यस्तै सदस्यहरुमा प्रेरणा बुढा, नविन शाही, एलिजा सिंह, कविता थारु, समिर हमाल, धनमाया ढुङ्गाना, मेनुका खत्री, सुरेन्द्र बुढा, रेस्मा बुढा, आक्रिति बुढा, दिपा थापा र गणेश परियार चयन भएका छन् ।

‘बालमैत्री समाजको आधार जिम्मेवार परीवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथमा समिति पुर्नगठन भएको हो ।

बैजनाथमा रहेका संस्थागत र सामुदायिक विद्यालय आ.वि र माविका बालबालिकाहरुले समिति पुर्नगठन गरेका हुन् । प्रत्येक विद्यालयका ६/६ जना विद्यार्थीहरु सहभागी भैइ सर्वसहमतबाट छनोट गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार