इटहरी उपमहानगरले चलायो डोजर

विराटनगर ।

सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ ।

विराटनगरको रानी– किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो ।

मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका– ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार महानगरले डोजर चलाएको हो ।

मेयर पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि भत्काइएको बताए । उपमहानगरले यसअघि वडा नम्बर९ का १४ वटा घरहरू भत्काएको थियो ।