प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा आचार्य

नेपालगञ्ज ।

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य चयन भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आज सम्पन्न विशेष अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा संगिन शर्मा, महिला उपाध्यक्षमा सीता वली, सचिव केपी घिमिरे, सहसचिवद्वय डिल्ली शाही, तिलक नेपाली र कोषाध्यक्षमा अनिता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

आज गठित १७ सदस्यीय कार्यसमितिमा सन्तोष विष्ट, निरज सिंह, कल्पना शाही, खिमप्रकाश डिसी, ममता खड्का, अनिश साह, असरद अली रंगरेज, इन्द्र चौधरी, युसुब अन्सारी र कृष्ण उपाध्याय सदस्य चयन भएका छन् । बाँकी ४ जना सदस्य पछि थप गरिनेछ ।