Kohalpur Today Header Ads

बलात्कार आरोपमा युवक पक्राउ




काठमाडौँ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर छन् ।

माघ २७ मा १४ वर्षीय बालिकालाई फलामे पोखरी सामुदायिक वनमा नाबालिगलाई बलात्कार गरेर उनी फरार भएका थिए ।

LIfe Ok

अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान गरिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार