काठमाडौँ ।
दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । स्थानीयका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुलाउने छ ।
यो सेयरमा दैलेख जिल्लाका नौमुले र कालिका गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, सोही जिल्लाका जिल्लावासीले समेत आवेदन दिन पाउने बताइएको छ । यसका साथै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री खुलाउने छ ।
यो सेयरमा नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै आवेदन दिन पाउनेछन्
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्