Kohalpur Today Header Ads

एकिकृत अखिल नेपाल शिक्षक संगठन बाँकेकाे अध्यक्षमा मल्ल




कोहलपुर ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बाँकेको नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार खजुरा गाउँपालिकाको मिनिपार्कमा भएको आठौं जिल्ला सम्मेलनबाट कर्ण बहादुर मल्लको अध्यक्षतामा १७ जनाको कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा केदारमणि ढकाल, सचिवमा दिलिप वली, कोषाध्यक्षमा पुर्ण प्रसाद सापकोटा चयन भएका छन् ।

LIfe Ok

यस्तै सदस्यहरुमा भक्त बहादुर सुनार, ज्ञान बहादुर खत्री, हेमा चुवाइ, अम्बिका खनाल, रुपा मल्ल, सुनिता बस्नेत, मोतीराम पोख्रेल, लक्ष्मण पुन, युबराज सुवेदी, चेत बहादुर बिष्ट, शंकर न्यौपाने, गोमा न्यौपाने र सोमनाथ थारु चयन भएका हुन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य ईश्वर पौडेलले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान), वडा अध्यक्ष, ८ वटै पालिकाका शिक्षक, पदाअधिकारी र राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार