डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले कारबाही स्वरूप प्रहरी हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको हो । उनले घटनाको अनुसन्धान भइरहेको पनि बताए ।

उनले नेपाल प्रेससँग भने, ‘घटनाका विषयमा अनुसन्धान गर्न कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सोही अनुसार निलम्बन गरिएको हो ।’

शुक्रवार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज भएको थियो ।

सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचय पत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् ।

अहिले घटनाको विरोधमा माइतीघरमा प्रदर्शन समेत भइरहेको छ ।