वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागले दियो बधाई

कृष्ण कुमार शाही, कोहलपुर

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्ययनरत विद्यार्थीहरुले शिक्षक सेवा आयोगमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर एम एड चौथो सेमेस्टर थेशिस सेमेस्टरमा अध्ययनरत छात्रा कुशुम कुमारी थापा नेपाल सरकार शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह मुस्ताङमा पोस्टिङ् भएकी छिन ।

यसै सन्दर्भमा विभागले  बधाई कार्यक्रमको आयोजना गरेको हो । पाठ्यक्रम तथा मूल्याकंन विभागका विभागीय प्रमुख एकराज शर्मा प्रमुख अतिथि मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक टेक बहादुर वलि सहित चौथो सेमेस्टरका विद्यार्थी विच बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा बोल्दै एकराज शर्माले कुसुम थापालाई बधाई दिएका थिए ।

उनले उक्त सेमेस्टरका अन्य दुईजना गम बहादुर डांगर र भोजसिह बोहराले प्राथमिक तहको मौखिक परिक्षा दिएकाले सफलताको शुभकामना दिए । उन्ले थपालाई खादा र  मायाको चिनो हस्तान्तरण गर्दै बधाई दिएका थिए । कार्यक्रम मा बोल्दै टे भादुर वलीले सफलता प्राप्त गर्नु सबैको खुसी भएको शुभकामना दिएक थिए ।

उक्त कार्यक्रममा उक्त व्याचका ओमकार शर्मा, कृष्ण कुमार शाही, शान्ती रावत, खडानन्द डांगी, गम बहादुर डागर, कुसुम शाही, भोजसिह बोहरा, कल्पना कुमारी वलि, तिलक बुढाथोकी, कृष्ण थापा, जितेन्द्र सिह सुनार, सावित्री कुमारी चौधरी, प्रकाश आचार्य र शंख प्रसाद न्यौपाने लगायको उपस्तिथि रहेको कार्यक्रमका विशेष अतिथि कुसुम थापा रहेकी थिन । कार्यक्रम एकराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन खडानन्द डांगिले गरेका थिए ।