भन्सार छलि ल्याइएको १ लाख बराबरको सामान बरामद

 हरिमाया राेकाय,  कोहलपुर ।

बाँकेमा भान्सार छलि ल्याइएको १ लाख बराबरको सामान बरामद गरेको छ ।

बिहिबार नेपालगंज उप–महानगरपालिका वडा नं.४ बसपार्क स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याइएको १ लाख बराबरको सामान वडा प्रहरी कार्यालय नेपालगंजले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खाटिएका प्रहरी नावय निरिक्षक राजेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलिले बरामद गरेको हो ।

कुर्ता सुरुवाल ४३ थान, कुर्ता सुरुवाल (सुट) १५ थान, सारी ९ थान, कोट पाईन्टको काँचो कपडा २ थान, कुर्ती २२ थान, पलाजु (अलादिन) ३० थान र लेगिज ५ थान बरामद गरिएको प्रहरी नावय निरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको सामानको करिब १ लाख २ हजार ४ सय रुपैया रहेको जानकारी दिए ।