चितवनका किसानको समस्या समाधान गर्न सरकारसँग माग

काठमाडाैं ।

चितवनका किसानको समस्या समाधान गर्न एक दशक देखि कृषि क्षेत्रमा काम गर्दै आएको संस्था फोरएच नेपालले सरकारसँग आग्रह गरेको छ ।

तरकारीले उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोरएचले सरकारको ध्यानाकर्षण गराएको हो ।

‘किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ,’फोरएच नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फोरएचका अध्यक्ष लोकराज अवस्थीद्ले विज्ञप्ति मार्फत् पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरेका छन् ।