फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नहुने

काठमाडौं ।

बिहीबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको छ ।

तर, शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले नीतिगत ब्याजदरहरू चलाएमा भने यसमा परिवर्तन गर्ने गरी बैंकर्सहरूबीच सहमति भएको हो ।

कर्जाको लागत बढेको, ब्याज बढाएर पनि निक्षेपमा सुधार नभएको भन्दै माघमा वाणिज्य बैंकहरूले ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए ।

हाल आयात घटेको र रेमिटेन्समा सुधार हुँदै गएपछि बाह्य क्षेत्र सन्तुलनमा आइरहेको छ ।

निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि समायोजन हुने बजारमा माग बढ्न थाल्ने र आयातलाई नै प्रोत्साहन गर्न सक्ने भएकोले बैंकहरू पर्ख र हेरको अवस्थामा रहेका हुन् ।