Kohalpur Today Header Ads

समाजवादको पुनर्दाबी




इतिहास भनेको घटना र तिथिमितिको विवरणहरू मात्र होइन, ति घटना र तिथिमितिलाई कसरी सम्झन्छौँ भन्ने कुरा पनि हो ।

एकपटक नेपालकै कम्युनिष्ट आन्दोलनलाई हेरौँ, केही समय अगाडि हाम्रो देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको शक्तिशाली कम्युनिष्ट पार्टी थियो । यसले वाम रूपान्तरणको थालनीका लागि पुँजीवादबाट ‘डिपार्चर’को सुरुवात गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको थियोे । संसदमा करिब दुई तिहाइको शक्तिमा उपस्थित थियो । यसले पुँजीवादबाट समाजवादमा संक्रमणका लागि धेरै हदको नीति बनाउन सक्थ्यो ।

कृषि क्रान्तिका लागि आवश्यक कानुनी व्यवस्था तथा राजकीय संरक्षण, भू–उपयोग नीतिको निर्माण र प्रयोग, राजकीय तथा सार्वजनिक लगानीको विस्तार गरी रोजगारीको सिर्जना, स्वास्थ्य तथा शिक्षामा सार्वजनिक लगानीको विस्तार, ऊर्जा तथा सार्वजनिक यातायातको सुदृढीकरण गर्न सक्थ्यो । वित्तिय तथा दलाल पुँजीवादमाथि नियन्त्रण, उत्पादनमुलक क्षेत्रमा बैंकको लगानी स्थानान्तरणको थालनी, उद्योगधन्दा तथा कलकारखानाको विस्तार र यसमा राजकीय लगानीका क्षेत्रहरूको निर्धारण तथा प्रयोग गर्न सक्थ्यो ।

LIfe Ok

साना तथा सामुदायिक पर्यटकीय क्षेत्रहरूको संवर्द्धन, साना उत्पादकहरूको सुरक्षा र उद्यमशीलताको प्रवर्द्धन, आधारभूत तहका श्रमजीवी जनताका हितमा हुने साझा थलो चाहे खेलको क्षेत्रमा होस्, चाहे सामाजिक पुनर्मिलनका क्षेत्र हुन्, पुस्तकालय तथा एकअर्कासँग मानिसहरूले कुराकानी गर्ने, आपसी विश्वास र हार्दिकता बढाउने काम गर्न सक्थ्यो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहीबार