बागमती प्रदेशका सबै जिल्लामा एकीकृत सेवा कार्यालय खुल्ने

हेटौंडा ।

बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने तयारीका लागि प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।

ज बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने उधेश्यले प्रदेशका सबै जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।