Kohalpur Today Header Ads

रुकुम पश्चिमको खोलागाउंमा वि पि सप्लायर्स सन्चालनमा




भगवती पोख्रेल, कोहलपुर ।

रुकुम पश्चिमको खोलागाउंमा वि पि सप्लायर्सको उदघाटन गरिएको छ । चौरजहारी नगरपालिका वडा नं -११ का वडा अध्यक्ष तुल्से वलिले रिवन काटेर उदघाटन गरेका थिए । उदघाटन कार्यक्रम बोल्दै उनले रुकुम पश्चिममा पेट्रोलियम पदार्थको सेवा लिन निकै शास्ती भएकोले अबका दिनमा सहज हुने वताए ।

उनले यहाँबाट २० कि मि टाढा चौरजहारी गएर पेट्रोलियम पदार्थ हाल्ने निकै दुख र महंगो हुने अवस्था रहेकोले अबका दिनमा सबैले सुविधा पाउने र सस्तोमा सेवा पाउने कुरामा ढुक्क भएकोले वि पि सप्लायर्सका अध्यक्ष पवित्रा पुन मगरलाई विशेष धन्यवाद व्यक्त गरे ।उक्त कार्यक्रममा शुभकामना सन्देश पठाउदै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माले आफु सानैदेखि हुर्केको, अध्यायन गरेको जन्मभूमिमा पेट्रोलियम पदार्थको सेवा लिन पाउनु त्यहाँका बासिन्दाको लागि खुसीको खवर भएको सन्देश दिए ।

LIfe Ok

उनले भने नेपाल सरकारको दरमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने अवसर रुकुम, सल्यान र जाजरकोट जिल्लाका मानिस मात्र होइन यातायात सन्चालन गर्ने हरेक व्यक्ति तथा संस्था लाई सुविधा दिएकोमा वि पि सप्लायर्स लाई विशेष धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा जहारी क्याम्पसक क्याम्पस प्रमुख, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर वलि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी बजार व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वि पि सप्लायर्सका प्रो प्राईटर पवित्रा पुन मगरको अध्यक्षतामा सन्चालन भएको प्रबन्धक भिम बहादुर पुन मगरले जानकारी दिए । कार्यक्रम माघ २२ गते सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार