बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु




कैलाली ।

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका ४ बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको बाइकको पछाडि सवार दुर्गाथली – ३ रकैल घर भइ हाल केदारस्युँ ९ बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार