Kohalpur Today Header Ads

जनयुद्ध दिवसमा खुल्ला भलिबल प्रतियोगिता




नेपालगन्ज।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा गरिन लागेको बिबिध कार्यक्रमहरुका बारेमा जानकारी दिन आइतबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका हुन ।

LIfe Ok

अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी गराए

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार