Kohalpur Today Header Ads

एकीकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमकाे १२औ अधिवेशन सम्पन्न




भगवती पोख्रेल, कोहलपुर।

एकीकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पश्चिमकाे १२औ अधिवेशन सम्पन्न भएको छ। माघ २० गते सहिद स्मृति सभाहल मुसिकाेट रुकुम पश्चिममा सम्पन्न ।

निवर्तमान जिल्ला अध्यक्ष शसीराम बिक र संगठनको केन्द्रीय सदस्य गणेश प्रसाद रिजालको प्रमुख आतिथ्यता,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व अर्थमन्त्री गोपाल शर्मा (अनल), नेकपा माओवादी केन्द्रका रुकुम जिल्ला संयाेजक गाेविन्द राेका सचिनकाे विशेष आतिथ्यता तथा अन्य अतिथिहरु संगठनका प्रदेश महासचिव शेरवीर दाहाल, प्रदेश सदस्यहरु गणेश रेग्मी, दिल बहादुर ओली, हिमसिं नेपाली, कृष्ण बहादुर खड्का लगायतको उपस्थिति थियो ।

LIfe Ok

चार सदस्यीय अर्को बैठकले मनाेनित गर्नेगरी २७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ।

जसको अध्यक्ष -शेरबहादुर केसी, उपाध्यक्ष -पुर्भान बिक, सचिव-चन्द्रबहादुर खड्का, काेषाध्यक्ष-रतिभान बिक सदस्यहरु सुनिल बुढा खडक राेका कृष्णप्रसाद जैसी खम्बबहादुर खड्का बिष्णु पुन घनश्याम बिक चन्द्रबहादुर खड्का तुलबहादुर यरी चुमानसिं बाेहरा पबित्रा ओली पुन देबबहादुर केसी हरिप्रसाद धिताल महेन्द्र केसी शसीराम दाहाल सुशीला शर्मा हुकुम बहादुर बिसी सिर्जना पुन चक्रबहादुर भण्डारी रहेको नव निर्वाचित अध्यक्ष शेर बहादुर के सि ले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार