दुई दिनमा सुनको मूल्य ३४ सय रुपैयाँले घट्यो

काठमाडौं ।

गत साता अस्वभाविक रुपमा बढेको सुुनको मूल्यमा उच्च गिरावट सुरु भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।