बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो

काठमाडांै ।

बिपिडब्लु लघुवित्तले आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा फागुन ८ गतेसम्म मा आवेदन दिन सक्नेछन् भने यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

यसमा फागुन २३ गतेसम्ममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।