डोजाङ्गका प्रमुख तथा सहायक प्रमुखलाई पुर्नताजकी तालिम

कोहलपुर ।

बाँकेमा रहेको नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समितिले डोजाङ्गका प्रमुख तथा सहायक प्रमुखलाई पुर्नताजकी तालिम दिएको छ । शनिबार कोहलपुर नगरपालिका वडा न. १ स्थित दोस्रो जिल्ला स्तरीय पुर्नताजकी तालिम समापन भएको हो ।

कोहलपुर नगरपालिकाको नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अथितित्यता र नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेको सभापतित्वमा डोजाङ्गका प्रमुख तथा सहायक प्रमुखलाई पुर्नताजकी तालिम  समापन भएको थियो ।

कार्यक्रममा प्रशिक्षकद्धय नेत्रबहादुर थापा, महेश थापा र चन्द्रबहादुर श्रेष्ठ रहेका थिए ।

यस्तै कार्यक्रममा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलका विभिन्न विधामा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै पदक ल्याउन सफल भएका खेलाडी कमल राना, रीतिका शाही र नीलिमा मल्ललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम् नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापामगर, जिल्ला कार्य समितिका सहसचिव गोकर्णबहादुर शाही र जिल्ला कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

पुर्नताजकी तालिममा बाँके जिल्लाका ४१ जना सहभागिता रहेको थियो । पुर्नताजकी तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।