काठमाडौं ।
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसद्को उम्मेद्वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णयका साथै लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भन्दै उजुरी गरेका छन्।
सोही कारण देखाउँदै पौडेलले पार्टी खारेजको माग गरी निवेदन दर्ता गराएका हुन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्