बागलुङमा एक पुरुषले पेट्रोल छर्किएर आत्मदाहको प्रयास

साँकेतिक तस्विर

काठमाडौं, ।

बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

जिसीले घरमा कोही नभएको बेला शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । आत्मदाह गर्न खोज्नुको कारण खुलेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।