भगवती भण्डारी, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा ९० जना सिकलसेलका विरामीहरु भेटिएका छन् । कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको असोजदेखि सिकलसेल एनिमिया रोगका विरामीहरुलाई पहिचान गरी सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी–रोगी बीचको बिहेबारी रोक्ने उद्देश्यका साथ नमूना परिक्षण गरिएको बताए ।
हालसम्म कोहलपुरमा १० हजार ५ सय ६९ जनाको नमूना परिक्षण गरिएको छ । जसमध्ये सिकसेल रोगी ९० जना, बहाक रोगी ८ सय ९६ जना र थालेसेसियाका रोगी २० जना रहेको शिव गौतमले तथ्थांक सार्वजनिक गरेका थिए ।
काेहलपुरमा २२ हजार भन्दा बढिको संख्यामा थारु समुदाय रहेकाे छ । नमूना परिक्षण गर्दा ९० जनामा मध्ये ६ जनालाई उपचारको लागि भेरी अस्पताल नेपालगञ्जमा रिफर गरिएको सिकलसेल ल्याब प्रमुख गौतमले बताए ।

बुधबार कोहलपुर नगरपालिका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई सिकलसेल एनिमिया रोग सम्बन्धी अभिमूखिकरण कार्यक्रममा गौतमले यस्तो तथ्थांक प्रस्तुत गरेका थिए ।
अभिमूखिकरण कार्यक्रममा सिकलसेल विज्ञ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थारु र अन्य समुदायमा देखिएको सिकेलसेल रोगले पारिरहेको असर कहालिलाग्दो रहेकोले जनचेतना फैलाउनुपर्ने बताएका थिए ।
‘सिकलसेल रोथ नियन्त्रण गर्न समूदाय, टोलमा जनचेतना जगाउनु जरुरी छ,’ उनले भने, ‘सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी–रोगी बीचको बिहेबारी रोक्न आवश्यक छ ।’ त्यसैले यसलाई स्थानीय स्तरमै जनचेतना फैलाउन आवश्यक रहेकाले सबैले यसलाई गम्भिर रुपमा लिनुहुन अनुरोध गरेका थिए । कोहलपुरका थारु समुदायमा बंशाणुगत सिकलसेल र थालेसेमिया रोग जनस्वास्थ्य समस्या भएकोले यसको न्यूनिकरणका गर्न रगत परिक्षण गरेर मात्र बिहेबारी गर्न उनले सुझाव दिएका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, सामाजिक विकास संयाेजक इश्वरी विश्वकर्मा, वडा नं. १ का अध्यक्ष बद्रि प्रसाद जैशी, २ का अध्यक्ष हरि कठायत, ६ का अध्यक्ष श्रीकृष्ण थारु, ९ का अध्यक्ष ओपेन्द्र नाथ योगी, १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, १३ का अध्यक्ष डम्बर खत्री, सिकलसेल ल्याब टेक्निसियन लक्ष्मी अधिकारी र अनमी बाल कुमारी परियार लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्