एनटीभी बाँकेका रुद्र सुवेदी सर्वोत्कृष्ट संवाददाता

नेपालगञ्ज ।

देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवका अवसरमा बाँकेका एकसहित ८ जना संवाददाताहरु सम्मानित भएका छन् । मंगलवार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा देशभरबाट विभिन्न जिल्लाका ८ जना संवाददाताहरु सम्मानित भएका हुन् ।

नेपाल टेलिभिजनमा कार्यरत बिभिन्न जिल्लाका ७ जना संवाददाता उत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका हुन् भने बाँकेका संवाददाता रुद्र सुवेदी सर्वोत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका छन् । सदरलाइन पब्लिकेशनका प्रधान सम्पादसमेत रहेका सुवेदी सर्वोत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका हुन् ।

देशभरका सम्मानित सबै संवाददातालाई सम्मान पत्र र नगदसहित सम्मानित गरिएको हो । उनीहरुलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, एन टीभीका कार्यकारी अध्यक्ष समीर जंग शाह, टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङलगायतले सम्मानपत्र, नगद र खादा ओढाएर सम्मानित गरेका हुन् ।