चितवनको जलदेवी सामुदायिक वनका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन ।

चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।

वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको शर्माले बताइन् ।