काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गरेकोे छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्रीपञ्चमीको अवसरपारेर बैंकले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ ।
बैंकको बागमती प्रादेशिक कार्यालयका उपप्रमुख विदुर ज्ञवालीले विलय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्