काठमाडौं ।
शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् । घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् ।
इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ । भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार













प्रतिक्रिया दिनुहोस्