लघु नाटक प्रतियोगितामा वडा स्तरीय युवा सञ्जाल प्रथम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा भएको लघु नाटक प्रतियोगितामा वडा स्तरीय युवा सञ्जाल प्रथम भएको छ । यस्तै जन ज्ञानज्योति कैसिलानगर द्धितीय र जुनियर जेसीज-२०२३ तृतीय र त्रिभुवन नमूना मावि सान्त्वना भएको हो ।

कोहलपुर नगरपालिका का सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकको प्रमुख अथित्यतामा र काेहलपुर नगर स्तरीय युवा सञ्जालका अध्यक्ष रमेश वरकाे सभापतित्वमा कार्यक्रम भइकाे थियाे ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाइ क्रमश: ३५००, २५००, १५०० र १०० नगद सहित प्रमाण पत्र काेहलपुर नगर स्तरीय युवा सञ्जालका अध्यक्ष रमेश वर हस्तान्तरण गरेका थिए ।