Kohalpur Today Header Ads

२० वर्ष पूरा गरि बिहे गरे खजुरामा ग्याँस चुल्हो उपहार




खजुरा ।

खजुरा गाउपालिका वडा नं. ५ ले २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने जोडीलाई सम्मान स्वरुप उपहार प्रदान गर्ने भएको छ । वडाभित्र बाल विवाह रोक्न यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष गरिबे शेषले बताए ।

वडामा झण्डै ७० प्रतिशत मधेसी र मुस्लिम समुदायको बसोवास रहेको छ । समुदायमा बाल विवाहले बृहत रुप लिइरहेको बेला बाल विवाह रोक्न यस्तो उपहार दिने कार्यक्रम ल्याएको वडा कार्यालयले जनाएको छ ।

LIfe Ok

माघ महिनादेखि यो कार्यक्रम लागू गर्न सार्वजनिक सूचना जारी गरेको अध्यक्ष शेषले बताए । उपहार उमेर खुल्ने प्रमाण सहित निवेदन दिन वडाबासीलाई अध्यक्ष शेषले आग्रह गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार