राप्तीसोनारी ।
पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिकाले सम्मान प्रत्र र नगदसहित सम्मान गरेको छ । पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगीताको अवसरमा खेलाडीहरुलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सतर्फ राप्तीसोनारी गाउँपालिकालाई खेलकुद क्षेत्रमा चिनाएको भन्दै ६ स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो ।
पालिकाले प्रतियोगितामा स्वर्ण पदक विजेता शिला थारु, रमिता चौधरी, भागिरथि थारु, राम कुमारी थारु र सम्झना थारुलाई १० हजार र प्रमाण पत्र, उप विजेता सिमा कुमारी थारुलाई ५ हजार र प्रमाण पत्र र नवौँ राष्ट्रिय खेलमा सहभागि दिया सुनार, स्वसीका थारु र सिता बुढाथोकीलाई प्रमाण प्रत्र सहित सम्मान गरेको हो । स्वर्ण पदक जिता ६ जना खेलाडीहरु राप्ती सोनारी गाउँपालिकाका स्थानिय हुन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्