घरबहाल समस्या समाधानका विषयक अन्तरक्रिया

कृष्ण कुमार शाही, कोहलपुर  ।

बाँकेमा रहेकाे नेपाल घर बहाल उपभोक्ता संघ बांकेले घरबहालकाे समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शनिबार कोहलपुरको सिद्दिविनायक सामुदायिक वनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकि उपप्रमुख संगिता सुवेदीले घर बहालका समस्याहरु धेरै भएको बताइन् । ‘राज्यको बलियो मेरुदण्ड नै व्यवसायी भएको, देशमा संकट आउँदा व्यवसायी नै अग्रसर रहेको छ,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघिय सरकार सबै व्यवसायिक करबाट चलेको छ ।’ स्थानीय स्तरका सबै वस्तुगत व्यवसायीहरु एकजुट हुन सकेको खण्डमा यि सबै समस्या समधान गर्न सकिने  प्रतिवद्द्ता व्यक्त गरिन ।

यस्तै कार्यक्रम बोल्दै कोहलपुर उद्याेग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेलले कोहलपुरको स्थानीय सरकारलेघरबहालका समस्या समाधानका विषयमा ध्यान दिनुपर्ने कुरा बताए । ‘घर बहालमा बस्ने र घरबेटि बिचको लिखित सम्झौताको अभावमा समस्या हाे’ उनले भने ।

कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका सचिव एकराज शर्माले घरबहाल करको वर्गीकरण गर्नुपर्ने, वैज्ञानिक घर बहालकर लागू गर्नुपर्ने, स्थानीय सरकारले घर बहालको आवश्यक नीति तयार गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा नवराज न्यौपाने, शंकर कोईराला, राजु लिगल, डोल राज अर्याल, विस्णु खनाल, शिव सुनार, कपिल अन्जान, संगिन शर्मा लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तिलक सिंह कार्किले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव लक्ष बहादुर विकले गरेका थिए ।