महायज्ञको छैटौं दिन : सुमन घिमिरे उत्कृष्ट दाता

कृष्ण कुमार शाही, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज छैटौं दिन चलिरहेको छ । उक्त महायज्ञमा आज छैटौं दिन हाल सम्मकै सर्वश्रेष्ठ दाताको रूपमा कोहलपुर वडा नं १२ निवासी सुमन घिमिरे भएका छ्न ।

उनले उक्त महायज्ञना रु ५५,५५५। रुपैयाँ दान गरेका छ्न । उनले आज सम्म बढी रकम दान गरी सबैभन्दा बढी दान गर्ने दाता बनेका हुन् । उक्त सप्ताह ज्ञान महायज्ञमामा सुमनले आफ्नो स्व.बुवा भवानीशंकर घिमिरेको सम्झना र मोक्ष प्राप्तिको कामना गर्दै सो रकम दान गरेको महायज्ञ सन्चालक समितिका अध्यक्ष भिम खरेलले जानकारी दिए । सुमनको परिवारलाई सबैभन्दा धेरै दान गरेको हुनाले संञ्चालक समितिले सम्मान स्वरुप मन्दिर परिक्रममा गरिएको थियो ।

शनीबारको दिन मात्र १ लाख ५२ हजार रकम संकलन भएको खरेलले वताए ।कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतमा महायज्ञ सन्चालनको भने श्री कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको मिडिया सन्चार संयोजक एकराज शर्माले जानकारी दिए । सप्ताह ज्ञान महायज्ञको वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना बाट गरिदै आएको छ ।

उक्त महायज्ञमा शिलालेख लेख्नका लागि १०००१ माथी दान गर्न सकिन्छ । उक्त महायज्ञमा १००० सम्मको दान लाई नाम वाचन सहित टीका प्रसाद, १००१ देखि ३५०० सम्म प्रमाणपत्र र माथिको सबै, ३५०१ देखि १०००० सम्म चक्लेटी फ्रेममा प्रमाणपत्र र रामनामीले सम्मान र माथिको सबै, १०००१ देखि २०००० सम्म गोल्डेन फ्रेममा प्रमाणपत्र सहित माथिको सबै ३५००० देखि ५०००० सम्म डब्ल कभर सहितको फ्रेममा प्रमाणपत्र सहित फुल माला सहित मन्दिर परिक्रमा र सो भन्दा माथी माथिका सबै सहित कोहलपुर चौराह परिक्रमा पन्चेवाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । उक्त महायज्ञमा तुलादान, चौरासी पुजा ब्रतबन्ध , पुजा आजा पनि निश्चित पैसा तिरेर गर्न सकिने वताए । जसमा क्रमश ११ हजार, ८००० र ५००० रकम दान दिएमा गर्न सकिने मुल आयोजक समितिका सदस्य सुरेन्द्र सापकोटाले जानकारी दिए ।