बनकटुवा दुग्ध उत्पादन सहकारी संस्थाले २७औं वार्षिक साधारण मनायो (फाेटाे फिचर)

कृष्ण कुमार शाही, बैजनाथ ।

बाँकेको बैजनाथमा रहेको बनकटुवा दुग्ध उत्पादन सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा मनाएको छ । शुक्रबार सहकारीका जेष्ठ नागरिक कृष्ण थापा, बैजनाथ गाउँपालिका वडा नं. ५ का वडा सदस्य दिपक थापा र सहाकारीका अध्यक्ष कुल प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै वडा सदस्य थापाले पालिकाले विभिन्न कार्यक्रमका लागि प्रस्ताव आएपछि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बाँकेमा नै पहिलो दुग्ध सहकारीलाई अझै उत्कृष्ट बनाउन यहाँका शेयर सदस्य ज्यूहरुको ठुलो भूमिका हुने र आफ्नो पालिकाबाट समेत गर्नुपर्ने सम्पूर्ण काम गर्ने बताएका थिए ।

यस्तै सहकारीका व्यवस्थापक दिपक कार्कीले आ.व. २०७८/०७९ मा ५ करोड ३५ लाख ३ हजार ३ सय ६२ रुपैयाँको कारोबार रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार कोरानाका कारणले गर्दा कारोबारमा कमी आएको उनको भनाई थियो ।

यस्तै सहकारीका अध्यक्ष कुल प्रसाद पौडेलले साधारण सभामा बार्षिक रुपमा भएका गतिविधि र आगामी वर्षमा गर्ने भावी योजना सहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।