Kohalpur Today Header Ads

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, कति सांसदको विश्वास पाउलान् ?




काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने संसद् बैठक जारी छ । अहिले उनले विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीका रुपमा आफूले गर्ने कार्य प्रस्तुत गरिरहेका छन् ।

पुस १० गते सात र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन पाएर प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई नेकपा (एकीकृत) समाजवादीले मंगलबार बिहान विश्वासको मत दिने निर्णय गरेको छ । एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सांसद छन् ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार